समाचार २० कार्तिक २०७९
गाडी दुर्घटना हुँदा १ जना नवजात शिशुको मृत्यु, ६ गम्भीर घाइते

ओमकार टाइम्स

धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा १ जना नवजात शिशुको मृत्यु भएको छ । भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ११ दिने शिशुको मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार ६ जना गम्भीर घाइते भएका छन् । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन । गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिएका द्धन् ।

प्रतिक्रिया