समाचार ३१ वैशाख २०८०
म्यानमामा ५८ वर्षमा सबैभन्दा बढी वर्षा

एजेन्सी

याङ्गुन । मध्य म्यानमाको एउटा सहरमा शनिबार ५८ वर्ष यताकै सबैभन्दा धेरै वर्षा (एकै दिन) रेकर्ड गरिएको मौसम विज्ञान तथा जलविज्ञान विभागले जनाएको छ।

मध्य म्यानमाको मण्डले क्षेत्रको न्याउङ-उ सहरमा ५८ वर्षमा सबैभन्दा धेरै वर्षा भएको छ ।

शनिबार १६१ मिमी  वर्षा रेकर्ड गरिएको छ । चक्रवात मोकाका कारण अहिले देशका अधिकांश भूभागमा वर्षा भइरहेको र आइतबार दिउँसोसम्म देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको  पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गलादेश–म्यानमाको तटीय क्षेत्रतर्फ अघि बढेको चक्रवात मोचाले आइतबार १२० माइल प्रतिघण्टाको गति र पश्चिमी म्यानमाको रखाइन राज्यमा १४ फिट (करिब ४.२६ मिटर) सम्मको आँधीबेहरी आउने अनुमान गरिएको छ ।  






प्रतिक्रिया

सम्बन्धित समाचार