मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

समाचार राजनीति १२ जेठ २०८०
एमालेको अवरोधले संसद् बैठक २० मिनेटका लागि स्थगित

ओमकार टाइम्स

काठमाडौं । नेकपा (एमाले)ले अवरोध गरेपछि संसद् बैठक स्थगित भएको छ। वेल घेराउ गरेर एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ न्यौपानले माफि नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले संसद् बैठकमा विरोध जनाएको हो। शुक्रबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसदहरु आफ्नो आशनबाट उठेका थिए।

त्यसपछि सभामुख घिमिरेले एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए। गिरीले पशुपतिनाथको मन्दिरको जलहरीको विषयमा सत्ता पक्षका सांसदहरुले एमालेलाई आधारहीन आरोप लगाएको बताए। उक्त अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्ने गिरीको माग थियो। साथै सत्ता पक्षका सांसदले माफी माग्नुपर्ने पनि उनले अडान राखे।

जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा सुनको जलप लगाउन पर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै दिएको अभिव्यक्तिप्रति एमालेले संसद्‌मा विरोध गरिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुंगोमा नपुगेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार