समाचार २३ कार्तिक २०८०
ललितपुरको एक घरमा दिनदहाडै चोरी

ओमकार टाइम्स

ललितपुर । ललितपुरको एक घरमा दिउँसै चोरी भएको छ । ललितपुर महानगरपालिका–३ बल्खु शान्ति बस्ती डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका–५ घर भएकी २६ वर्षीया मनिषा भुजेलको कोठामा बुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको हो ।

चोरले सुन तथा चाँदीका गर–गहना समेत गरी करिब १ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

सम्बन्धित समाचार