मुख्य समाचार
१ खर्ब ३७ अर्ब वैदेशिक सहायता प्रतिवद्धता तर १६ प्रतिशत मात्र प्राप्त | विराटनगरस्थित प्रदेश सभा अगाडी प्रर्दशनको क्रममा प्रहरी र पहिचान पक्षधर बीच झडप | गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत | अदालत गएर बयानै नदिइ हिरासत फर्किए इन्द्रजित राई | यी हुन सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान | ७३५ पालिकामा ८ लाख ४१ हजार बेरोजगार सूचीकृत ,१४ हजार ८४ जनाले रोजगारी | प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्रीको सुझाव : इपीजी प्रतिवेदनमार्फत समस्या समाधान खोज्न आग्रह | नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छः सांसद रघुजी पन्त | चालू आर्थिक वर्षमा ७४१ विदेशी नागरिकलाई श्रम स्वीकृत | वडाअध्यक्ष उपेन्द्र सहनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ |

समाचार अपराध १२ जेठ २०८०
रेशमलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिँदै बोहरा पत्नी शारदा

ओमकार टाइम्स

काठमाडौँ । रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आममाफी दिने सरकारी प्रयासविरुद्ध पीडित परिवारले राष्ट्रपतिको कार्यालयमा निवेदन दिने भएका छन् । टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले राष्ट्रपति कार्यालयमा निवेदन दिन लागेकी हुन् ।

‘आज सम्माननीय राष्ट्रपतिज्यू समक्ष निवेदन बुझाउन जाँदै छौँ’ बोहराले भनिन्– ‘राजनीतिक सौदाबाजीको प्रयत्न भएको छ ।’

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी अदालतको फैसलाअनुसार जेलमा छन् । जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेसमविरुद्ध जन्मकैद फैसला गरेको छ ।

जन्मकैदको फैसला ठहर भएका रेशमलाई आममाफी दिन सरकारले राष्ट्रपतिको कार्यालयसँग राय मागेको छ । केशव पत्नी शारदाले निर्दोष सिपाहीको न्यायका लागि अनवरत लडिरहेको बताइन् । उनले भनिन्– ‘हत्यारालाई सजाय दिलाउने कसममा रत्तिभर विचलित छैन ।’ न्यायको लागि बिन्ती गर्दा गरिरहँदा आममाफी र अध्यादेशमार्फत मुद्दा फिर्ता लिने छलफलले आफूलाई थप पीडा हुने गरेको उल्लेख गर्दै उनले भनिन्– ‘मेरो पति लगायतलाई प्रहार गर्दै गरेको हृदय विदारक चित्कारको आभास गराएको छ ।’

कर्तव्यपरायणको सिलसिलामा श्रीमानको हत्या भएपछि आफू र आफ्ना परिवारलाई राजनीतिले पटक–पटक जिउँदै मारेको उनको भनाई छ । बोहरा प्रश्न गर्छिन्– ‘निरन्तर घाउ माथि घाउ थपिएको छ, अपराधीले राजनीतिको खास्टो भिर्दैमा देशमा न्याय कायम हुन्छ ?’ 

प्रतिक्रिया